शिवजन माद्यामिक बिद्यालय सितलपाटीमा अध्ययनरत न्यौपाने कक्षा–१२ मा जिल्ला प्रथम

सल्यान, २२ भदौ ।
सल्यानको सितलपाटीमा रहेको शिवजन माद्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी यसबर्षको कक्षा १२ को परिक्षामा जिल्ला प्रथम भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा यस बिद्यालयमा कक्षा १२ मा अध्यनरत प्रद्युम्न न्यौपानेले ३ दशमलव ४४ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको हो ।

बिद्यालयका प्रधानाध्यापक हिरालाल नेपालीले जिल्लाभरका सबै बिद्यालयलाई उछिन्दै शिवजनमा अध्ययनत न्यौपाने जिल्लामा नै उत्कृष्ट भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस