नेकपा सल्यानको सेक्रेटरीमा चन्द

सल्यान, २४ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरीमा मदन चन्द निर्वाचित हुनुभएको छ । बिहीबार श्रीनगरमा भएको छैठौं जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । सम्मेलनमा केन्द्रीय सदस्य बलबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै उहाँले नेपालमा वैज्ञानिक समाजवाद नआएसम्म संसदीय व्यवस्थाको कुशासन चलिरहने बताउनुभयो ।

उहाले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो ’अहिले संसदीय व्यवस्थामा जनताको विश्वास छैन् । विस्तारै संसदीय व्यवस्थाको मत पनि घट्दै छ । अहिले निर्वाचनमा गएर भोट हाल्न जनताको रुचि पनि छैन् ।’ नेपालका संसदवादी पार्टीहरुले देश र जनतालाई आघात पुर्याएर काम गरिहरेको समेत उहाको भनाई थियोे । विदेशीहरुलाई पोस्नेखालको नीति नियम बनाएर नेपाल र नेपाली जनतामा संसदवादीहरुले घात गरेको उहाँले बताउनुभयो ।

निवर्तमान जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको सम्मेलनमा केन्द्रीय सदस्य शितलको प्रमुख आतिथ्यता रहेको थियोे । सम्मेलनमा केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पोखरेल, विभित्र जनवर्गीय मोर्चाका नेताहरु लगायतको उपस्थिति रहेको थियोे ।

 

 

प्रतिक्रिया दिनुहोस