साक्षरता दिवसका अबशरमा ९० भन्दा बढी बिद्यालयमा शैक्षिक क्रियाकलाप सम्पन्न

सल्यान, २४ भदौ ।
सल्यानमा पनि ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईएको छ । साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका दिवस उत्सवका रुपमा मनाइएको हो । जिल्लाका दश वटै स्थानिय तहमा भव्यताका साथ विभिन्न बालप्रतिभा, ¥याली, हाजिरीजवाफ, वक्तृत्वकला, पठनसिप केन्द्रित व्रिmयाकलाप, पुस्तकपठन, पठनगति, कुर्चीदौड, अक्षरचिन्ने, अक्षरबाट शब्द निर्माण, शब्द मेमोरी खेल, अक्षर र मात्रा खेल, चित्रकला लगाएतका बिभिन्न क्रियाकलापहरु गरेर दिवस मनाइएको हो ।

जसमा शारदा नगरपालिका नगरस्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा पुस्तकालयको महत्व शिर्षकमा त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङमा नगरस्तरीय वक्तृत्वकला सम्पन्न भएको हो । प्रतियोगितामा ज्योतिपुन्ज एकेडेमिकी सुमिना बिष्ट प्रथम, त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङका विकास पुन द्धितिय, शिबजन माद्यामिक बिद्यालय कि भुमिका खड्का तृतिय र महेन्द्र रत्न माध्यमिक विद्यालय पिपलनेटाका योगमाया रेउले सान्तव्ना हुनुभएको छ ।

दिवसकै अवसरमा यस बिद्यालयमा बाल पुस्तकालय उद्घाटन गरिएको छ । बालबालिकालाई पढ्ने बानीको विकास गर्न बाल पुस्तकालयको स्थापना गरिएको रुम टु रिडका कार्यव्रmम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो । यो वर्ष जिल्लाका ४४ वटा विद्यालयमा बाल पुस्तकालय स्थापना गरिने उहाँको भनाइ छ ।

यस्तै सिद्धकुमाख गाउँपालिकाका स्तरिय वक्तृत्वकला र हाजिरीजबाफ प्रतियोगिता निराजन माध्यमिक विद्यालय ढोरचौरमा सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा विद्यालय सहभागि भएका थिए । वक्तृत्वकलामा प्रथम रविन गिरी निराजन माध्यमिक विद्यालय ढोरचोर, द्धितिय गोविन्द रेउले बालकल्याण आधारभूत बिद्यालय फलाटे, तृतिय लिल बहादुर बुढाथोकी हिमालय आधारभुत बिद्यालय माझखर्क र सान्त्वना प्रज्ञा रोका शान्तिसुन्दर माध्यमिक विद्यालय खारवन भएका थिए ।

यस्तै निमावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सिद्ध माध्यमिक विद्यालय भडारे प्रथम, निराजन माध्यमिक विद्यालय द्धितिय, तृतीय जनसेवा आधारभुत बिद्यालय र मावि स्तरीय हाजिरीजवाफमा प्रथम निराजन माध्यमिक विद्यालय, द्धितिय सिद्ध माध्यमिक विद्यालय भडारे, तृतीय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छापडाडाँ भएका थिए ।

साथै रुम टु रिड, पठ्नको लागि कोठा, दलित विकास समाज, जिल्लाका छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, सिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका, दार्मा गाउँपालिकामा साक्षरता कार्यव्रmम कार्यान्वयन भएका ६८ वटा विद्यालय र ३० वटा हस्तान्तरण भएका विद्यालयमा सहकार्य गरी विभिन्न शैक्षिक व्रिmयाकलापहरु सम्पन्न गरिएको सिनियर साक्षरता कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस