सल्यान, ११ असोज ।
सल्यानको दार्मामा वकालतिय रणनीति योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यूरोपियन यूनियनको सहयोग र दलित विकास समाज सल्यानको आयोजनामा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत समुदायमा आधारित सामुदायिक संस्था र दार्मा विकासका लागि नागरिक समाज केन्द्रको सहजीकरणमा वकालतीय रणनीति योजना कार्यशाला गोष्ठीसम्पन्न भएको हो ।
शनिवारबाट शुरु भएको गोष्ठी सोमबार सम्पन्न भएको हो । गोष्ठीमा वकालतीय ज्ञान सिपको क्षमता अभिबृद्धी गरी सहभागिहरुले स्थानीय समुदायमा भएका समस्याहरुको पहिचान गरी समस्या समाधान गर्न समुदायमा जरा गाडेर बसेको बालविवाह न्यूनीकरण, खानेपानी तथा सरसफाइको समस्या र सिंचाइको समस्या समाधानका लागि वकालतिय रणनीति योजना तयार गर्ने गरेको सहजकर्ता गुमान सिंह नेपालीले जानकारी दिनुभयो ।
गोष्ठीमा संविधानले प्रदान गरेको मौलिक अधिकार र स्थानीय सरकार संचालन ऐनमा ब्यवस्था गरेको वडा समितिको काम कर्तब्य र अधिकारको बारेमा जानकारी दिनुका साथै नागरिकका समस्याहरुलाई अधिकार सम्म जोड्ने र प्रक्रियागत रुपमा स्थानीय सरकार सँग पैरवी तथा वकालय गर्ने दार्मा गाउँ पालिका स्तरीय दार्मा विकासका लागि नागरिक समाज केन्द्रका अध्यक्ष अतिराम वलीले बताउनुभयो ।
गोष्ठीबाट समुदायमा आधारित सामुदायिक संस्थाहरुको संजाल दार्मा विकासका लागि नागरिक समाज केन्द्र दार्माले विधान तयार गरेको छ । दार्मा विकासका लागि नागरिक सहभागिता केन्द्रका सचिव हिमा शर्माले संस्थाले आगामी दिनहरुमा स्थानीय सरकालाई नागरिकका समस्या प्रति खवरदारी गर्ने लगाएतका कार्य गरिने बताउनुभयो ।
गोष्ठीमा बोल्दै दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले सुशासनलाई प्रवद्र्धन गर्न र गाउँवस्ती पछाडी पारिएका समुदायका सवालहरुलाई उठान गरी स्थानीय तहका सरकार, प्रदेश तहका सरकार र केन्द्रिय सरकालाई घचघच्याउन आवश्यक रहेको बताउनुभयो । कार्यशाला गोष्ठीमा २६ जनाको सहभागिता रहेको थियो ।