खैराबाङ भगवतीको मन्दिरमा श्रद्धालुहरुको अत्यधिक भिड

फाइल फोटो

सल्यान, १४ असोज ।
सल्यानको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित खैराबाङ भगवतीको मन्दिरमा श्रद्धालुहरुको अत्यधिक भिड लागेको छ । विगतका बर्षहरुमा कोरोना महामारीको कारण पुजाआजा लगाएतका कार्यबन्द हुदाँ यसबर्ष श्रद्धालुहरुको अत्यधिक भिड लागेको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अबस्थित खैराबाङ भगवती मन्दिर सँगै जिल्लाभरका सम्पूर्ण शक्तिपिठ तथा कोटहरुमा बडादशैको अवशरमा श्रद्धालुहरुको भिड लागेको छ ।

हिन्दु नेपालीको आस्थाको धरोहर रहेको खैराबाङ भगवती मन्दिरमा हरेक बर्ष बडादशैँ र चतैँदशैँमा बिशेष मेला सहितको पुजाआजा हुदैँ आएको छ । खैराबाङ भगवती मन्दिरमा बर्षेनी करिब डेढ लाख भक्तजनले दर्शन गर्छन् । धार्मिक शास्त्र अनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र मन्दिरका रुपमा चिनिन्छ । वि.सं. १४८० देखि मन्दिरमा पूजाआजा शुरु गरेको किम्बदन्तीमा उल्लेख छ । विशेषगरी बडादशैँ तथा चैते दशैंमा पञ्चबलिका रुपमा राँगा, बोका, साँडा, परेवा र हाँसको बलि दिई भव्य रुपमा पुजा आराधना गर्ने प्रचलन रहेको छ ।

साथै घटस्थापनाका दिनदेखी कोजाग्रत पूर्णिमाका दिनसम्म यहाँ निरन्तर रुपमा दर्शनार्थीहरुको भिड लाग्छ । मन्दिर दर्शन गर्न सल्यान सँगै दाङ, रूकुम, रोल्पा, प्युठान, बाँके, वर्दिया, सुर्खेत, कैलाली, दैलेख र जाजरकोट लगायत भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित