सल्यानमा फेरी गाडि दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

फाइल फोटो

सल्यान, १५ असोज ।
सल्यानमा गाडी दुर्घटना हुदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । आज बिहान कुमाख गाउँपालिका वडा नं.७ जिमाली पातिहाल्न चिसापानीमा भएको रा १ ज ५९८ नम्बरको जीप दुर्घटनामा परि २ जनाको मृत्युु भएको हो । जिमाली डुमकोट निवासी अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ । गाडी खैराबाङ दर्शनका लागि रिजर्भमा आउन लागेको बुझिएको छ । जीप उकालोमा ब्याक गर्ने क्रममा पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको र घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित