सल्यान, २७ असोज ।
सल्यानमा पुर्व वडाअध्यक्ष नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जिल्लाको त्रिबेणी गाउँपालिका वडा नं. १ का पुर्व वडाअध्यक्ष छविलाल खत्री नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । विहीवार काभ्रामा आयोजित एक कार्यक्रममा पार्टी उपमहासचिव तथा गठबन्धनको तर्फबाट सल्यान प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले खत्री सहितका आधा दर्जन बढीलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
जसमा खत्रीसँगै सेतिराम पुन, जेटी पुन, दल बहादुर घर्ती, चम्फा सुनार, धनि विक, जय बहादुर घर्ती, कर्ण बहादुर विक लगाएतले एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । सो अवशरमा पार्टीका जिल्ला कमिटी अध्यक्ष हरि केसी, सचिव रमेश कुमार गौतम लगाएतको उपस्थिती रहेको थियो ।