सल्यान, ३० असोज ।
सल्यानमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको खाद्यान्न वालीमा क्षति भएको छ । केही दिनअघि परेको अविरल बर्षाले जिल्लाभर गरेर करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको खाद्यान्न वालीमा क्षति भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । बिशेष गरेर शारदा नदि र अरु स्थानिय खोलाहरुले गरेर २ सय बढी किसानले लगाएको खाद्यान्न वालीमा क्षति गरेको कार्यालयको भनाइ छ ।