सल्यानमा अरिंगालको टोकाइबाट आमाछोरीको मृत्यु : एकजना घाइते

सल्यान, १ कार्तिक । सल्यानमा अरिंगालको टोकाईबाट दुई जनाको मृत्यु भएको छ । अरिगालको टोकाईबाट गम्भिर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा सिद्ध कुमाख गाउपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेकाछन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा उनिहरुलाई अरिंगालले टोकेपछि उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा ल्याई सामान्य उपचारपछि कोहलपुर लिदै गर्दा प्राप्तीको बाटोमै मृत्यु भएको हो ।

गम्भिर घाइते सोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ । यस्तै अरिंगालको टोकाइबाट गम्भिर घाइते भएका नविन वस्नेतको भने श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भइरहको प्रहरीको भनाईछ । उनको अवस्था सामान्य बन्दै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस