त्रिवेणी गाउँपालिकामा कृषकलाई हिउँदे घाँसको विउ वितरण

सल्यान, १ कार्तिक ।

सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकलाई हिउँदे घाँसको विउ वितरण गरेको छ । कृषकको मागको आधारमा गाउँपालिकाको पशु सेवा शाखाले हिउँदे जै घाँस र वर्षिम जातको घाँसको विउ मङ्गलवार वितरण गरेको हो । व्यवसायिक पशुपालन गर्दै आइरहेका कृषकलाई हिउँदे घाँसको विउ वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।

शाखा प्रमुख वसन्त रावतले पालिका भित्रका १ सय ७ जना कृषकलाई १२ क्विन्टल जै घाँस र डेढ क्विन्टल वर्षिम जातको घाँसको विउ वितरण गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेको जै घाँसको बीउ उत्पादन कार्यक्रमबाट उत्पादन भएको घाँसको बीउ वितरण गरिएको रावतको भनाई छ ।

घाँसको विउ वितरण गर्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले कृषकलाई घाँस खेतीमा आर्कषण गर्दै पशुपालन व्यवसायलाई थप बृद्धि गरिने बताउनुभयो । पशुपालनको क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको र घाँस खेती विना पशुपालन व्यवसाय सञ्चालन गर्न समस्या हुने भएकाले पशुको आहारको लागि पनि घाँस खेती अनिवार्य भएको बताउनुभयो ।

अध्यक्ष रावतले पशुपालन गर्ने कृषकलाई उत्पादनका आधारमा प्रोत्साहित गर्ने कार्यक्रम यस बर्षपनि सञ्चालन गरिने बताउनुभयो । सो अवशरमा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, वडा नम्बर २ का वडाअध्यक्ष हस्त बहादुर राम्जा लगाएतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस