सल्यानमा विवाह गर्ने प्रलोभन देखाई जवरजस्तीकरणी गर्ने एक जना पक्राउ

सल्यान, १४ कार्तिक ।
सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ३ का अन्दाजी २० वर्षीय रेबन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

विवाह गर्ने प्रलोभन देखाई १२ गते बनगाड कुपिण्डे नगरपालिका १ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाइ भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपि अनुसन्धान अघि बढाई रहेको प्रहरीको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस