सल्यानमा गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना

संविधानको रक्षा र प्रतिगमनको अन्त्यका लागि गठवन्धन : बस्नेत

सल्यान, १५ कार्तिक ।
सल्यानमा गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नाराका साथ मंगलवार जिल्लाको सदरमुकाम खलंगा डाँडागाउँमा गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको हो ।

गठबन्धन दलका नेता कार्यकर्ताका साथै साझा उम्मेदवारको सहभागितामा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको हो । संयुक्त निर्वाचन परिचालन कार्यालय स्थापना गर्दै जिल्ला निर्वाचन परिचालन समितीका संयोजक टेक बहादुर बस्नेतले संविधानको रक्षा र प्रतिगमनको अन्त्यका लागि गठवन्धन आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य समेत रहनुभएका बस्नेतले संविधान मास्ने र देशलाई अस्थिता तर्फ धकेल्ने प्रतिगमणकारीलाई परास्त पार्न गठबन्धनका साझा उम्मेदवारले जित्नुपर्ने बताउनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित