सल्यान, १५ कार्तिक ।
सल्यानमा गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन समिती गठन गरिएको छ । नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य टेक बहादुर बस्नेतको संयोजकत्वमा ५ सय ११ सदस्यीय गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन समिती गठन गरिएको हो । जसको सहसंयोजकमा नेपाली काँग्रेसका सभापति केश बहादुर बिष्ट, नेकपा (माओवादी केन्द्र) का संयोजक कृति बहादुर पुन र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष हरि केसी रहनुभएको छ ।
मंगलबार जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलहरुले नेता बस्नेतकै संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्य सम्पादन समिती गठन गरिएको जनाएका छन् । यस्तै चक्र देवकोटा संयोजक, पुरुषोत्तम भट्टराई र राम खड्की सहसंयोजक रहेको अनुगमण समिती गठन गरिएको छ । यस्तै लोक बहादुर डाँगी संयोजक, टिकाराम वली र सन्तोष केसी सहसंयोजक रहेको प्रचार प्रसार समिती गठन गरिएको छ ।
यस्तै रत्न बहादुर वली संयोजक रहेको जिल्ला समन्वय सम्पर्क समिती, उमाकान्त शर्मा संयोजक रहेको व्यवस्थापन समिती, शोभाराम भण्डारी संयोजक, लोकराज आचार्य र ओमकार वली सहसंयोजक रहेको स्वयम्सेवक तथा युवा परिचालन समिती गठन गरिएको छ । यस्तै हिमेन्द्रबाबु सेजवाल संयोजक, रमेश कुमार गौतम र नविनसिंह भडेँल सहसंयोजक रहेको आर्थिक समिती गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै गठबन्धन दलहरूको संयुक्त निर्वाचन परिचालन समितीका संयोजक बस्नेतले अहिलेको व्यवस्था बचाउनको लागि पनि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आफ्नो पनि चाहाना हुदाहुदैँ परिस्थिती फरक भएपनि अहिलेको आवश्यकता गठबन्धन भएकाले गठबन्धनलाई विजयी बनाउन आफुले अहम् भुमिका खेल्ने उहाँले बताउनुभयो ।
यस्तै प्रतिनिधिसभाका साझा उम्मेदवार प्रकाश ज्वालाले आफु गठबन्धन दलहरुको साझा उम्मेदवार भएकाले सबैको साझाहितको लागि काम गर्ने बताउनुभयो । यस्तै नेपाली काँग्रेसका सभापति केश बहादुर बिष्टले गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गर्न साझा संकल्प सहित अघि बढ्नुपर्ने बताउनुभयो ।