घरदैलोमा गठबन्धनका साझा उम्मेदवार : उत्साहित मतदाता

सल्यान, १९ कार्तिक ।
गठबन्धन दलका साझा उम्मेदवारहरु मतदाताको घरदैलोमा केन्द्रित भएका छन् । गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का कलम चिन्हबाहक प्रकाश ज्वाला, प्रदेशसभा क्षेत्र नं. १ का साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गोलाकार भित्रको हसियाहतौडा चिन्हबाहक भिम प्रकाश शर्मा र प्रदेशसभा क्षेत्र नं. २ का साझा उम्मेदवार रुख चिन्हबाहक सुरेश अधिकारी मतदाताहरुको घरदैलोमा केन्द्रित हुनुभएको हो ।

 

गठबन्धन दलका साझा उम्मेदवारहरु मतदाताको घरदैलोमा केन्द्रित भएपछि मतदाताहरु उत्साहित भएका छन् । मतदाताहरुले विकास र समृद्धिको वाहक साझा उम्मेदवार भएकाले साझा उम्मेदवारहरुको विजयीको लागि आआफ्नो तर्फबाट मद्धत गर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस