मत माग्दैँ उम्मेदवार

सल्यान, २१ कार्तिक ।
सल्यानको पश्चिमी क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको छ । बृहत् भेला तथा अगुवा कार्याकर्तालाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादी उपमहासचिव तथा प्रतिनिधिसभाका संयुक्त उम्मेदवार प्रकाश ज्वालाले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सल्यानमा सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताउनुभएको छ ।

सङ्घीयता अनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न र संविधानको रक्षा गर्न गठबन्धनका साझा उम्मेदवारलाई विजय बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । आफु प्रदेश अर्थमन्त्री हुदा थुप्रै विद्यालय भवन, स्वास्थ्य, विद्युतिकरण, सिचाइ, तटबन्धन, खानेपानी, सडकमा काम भएको जनाउँदै सल्लिचौजहारि सडक खण्डमा ६५ करोड र वालुसँग्रही खलंगा सडकमा ४० करोड विनियोजन भइ कामको चरणमा रहेकोले विकासको लहर शुरु भएको उहाँको भनाइ छ ।

मतदाताहरूसँग घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहरूको छिटो छरितो व्यवस्थापनमा जोड दिन आग्रह गरेको र आफूहरू जनताका गुनासो लाई चुनाव पछि सम्बोधन गर्ने पनि उहाँले बताउनु भयो ।

यस्तै प्रदेश सभा क का साझा उम्मेदवार भीम प्रकाश शर्माले यस पटक मतदाताहरूले गठबन्धनका साझा उम्मेदवारको पक्षमा राम्रो प्रतिक्रियादिइरहेको उल्लेख गर्दै बनगाडका नागरिकका समस्या सम्बोधन गर्न आफू चुनाव जितेपछि पनि हरेक जनताकै पक्षमा काम गर्ने बताउनु भयो । शर्माले यस क्षेत्रमा रहेको पानीको मुख्य समस्यालाई तीन वटै तहका सरकार लागेर समस्या समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा जिला संयुक्त निर्वाचन परिचालन समितिका जिल्ला संयोजक टेकबहादुर वस्नेत, सहसंयोजक केशवहादुर विष्ट, कृतिवहादुर पुन, नेपाली कांग्रेसका कर्णाली प्रदेशका सह महामन्त्री एकराज डाँगी, धुर्वराज पुरी, नेकपा समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा निर्वाचन सह संयोजक हरि केसि, समाजवादीका केन्द्रीय सदस्यीय लोकवहादुर डाँगी लगाएत थुप्रै नेताहरुले सम्वोध गरेका थिए ।

अगुवा कार्याकर्ता भेलाको सञ्चालन नेपाली कांग्रेसका जिल्ला तहका नेता दुर्गा खड्काले सञ्चालन गर्नु भएको थियोे ।

 

 

प्रतिक्रिया दिनुहोस