सल्यानमा बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु भोट माग्दै घरदैलोमा व्यस्त

सल्यान, २१ कार्तिक ।
सल्यानमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरु भोट माग्दै मतदाताको घरदैलोमा पुगेका छन् । जिल्लाका ८३ वटै वडाहरुमा पुग्ने गरेर गठबन्धनका साझा उम्मेदवारहरु घरदैलोमा पुगरेका हुन् । प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार चुनाव चिन्ह कलमवाहक प्रकाश ज्वाला, प्रदेशसभा क मा गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्हवाहक भिम प्रकाश शर्मा र प्रदेशसभा ख मा रुख चुनाव चिन्हवाहक सुरेश अधिकारी भोट माग्दै घरदैलोमा केन्द्रित भएका हुन् ।

यसैक्रममा गठबन्धनलाई भोट माग्दै प्रतिनिधिसभाका साझा उम्मेदवार  ज्वाला दार्मा गाउँपालिका पुग्नुभएको छ भने प्रदेशसभा क का साझा उम्मेदवार शर्मा बागचौर र प्रदेशसभा ख का साझा उम्मेदवार अधिकारी शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा पुग्नुभएको छ । मतदाता समक्ष विकास र समृद्धिको वाचा गर्दै उहाँहरु घरदैलोमा केन्द्रित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस