निर्वाचनलाई लक्षित गरेर सल्यानमा मदिरा बिक्री वितरण र सेवनमा पूर्ण निषेध

सल्यान, २२ कार्तिक ।
सल्यानमा मदिरा ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण निषेध गरिएको छ । यही मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मदिरा ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवार जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले एक सूचना जारी गर्दै मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको जानकारी जानकारी दिनुभएको छ । जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै २०७९ कार्तिक २० गते राती १२ बजे देखी मतदान कार्य सम्पन्न नभए सम्मका लागि मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा पूर्ण रूपमा निषेध गरिएको कोही कसैले सूचना विपरित मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

सुचनामा उल्लेख भए अनुसार कोही कसैले मदिरा ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभएको छ । आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आम मतदाता, राजनितिक दल, जिल्लावासी, सरोकारवाला निकायले आ आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

सुचना :

 

 

प्रतिक्रिया दिनुहोस