उम्मेदवार भोट माग्दै, जनता जागिर

सल्यान, २३ कार्तिक ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घरदैलोमा भोट माग्न पुगेका नेताहरुसँग जनताले जागिर मागेका छन् । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा जित सुनिश्चितताको लागि जनताको घरदैलोमा हिडेका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेताहरुसँग जनताले भोटको बदला रोजगारीको व्यवस्था गरिदिन आग्रह गर्न थालेका हुन् ।

आज कपुरकोट गाउँपालिकाको ५ र ६ नम्बर वडा, बन्गाड कुपिण्डे नगरपालिकाको ४ र ७ नम्बर वडा, कुमाख गाउँपालिकाको ३ र ४ नम्बर वडा तथा त्रिबेणी गाउँपालिकाको १ र ४ नम्बर वडामा भोट माग्थ्दै हिडेका उम्मेदवारहरुसँग जनताले रोजगारी प्राथमिकता भएको बताएका छन् ।

संयुक्त निर्वाचन परिचालन समितीका संयोजक टेक बहादुर बस्नेत, प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार चुनावचिन्ह कलमवाहक प्रकाश ज्वाला, प्रदेशसभा क मा चुनावचिन्ह गोलाकार भित्रको हसिया हतौडावाहक भिम प्रकाश शर्मा र प्रदेशसभा ख मा रुख चुनाव चिन्हवाहक सुरेश अधिकारीसँग जनताले आर्थिक समृद्धिका लागि रोजगारीको माग गरेका हुन् ।

 

सो अवशरमा नेता तथा उम्मेदवारहरुले आर्थिक समृद्धि र रोजगारीको लागि सोहीअनुसारको कार्यक्रम सञ्चालनको लागि पहल गर्ने बताएका छन् । जिल्लाको विकास र समृद्धि आफ्नै पालामा सम्भव भएकाले रोजगारी सिर्जना गर्नका लागि आफुहरुले पहल गर्ने र यसका लागि गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस