सल्यानमा गठबन्धनका उम्मेदवारको लागि भोट माग्दै प्रचण्डका स्वकीय सचिव मल्ल

सल्यान, २३ कार्तिक ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट माग्न सल्यान आउनुभएको छ । मंगलवार विहान उहाँ सल्यान आउनुभएको हो । उहाँले जिल्लाका बिभिन्न ठाउँमा भएका गठबन्धनका चुनावी सभालाई सम्बोधन समेत गर्नुभएको छ । बुधबार बन्गाड कुपिण्डे नगरपालिकाका बिभिन्न वडाहरुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मल्लले उहाँले जिल्लाको विकास र समृद्धिको लागि गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी बनाउन सबैमा आग्रह गर्नुभयो ।

गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ज्वाला सँगै प्रदेशसभा क का उम्मेदवार शर्मा र प्रदेशसभा ख का उम्मेदवार अधिकारी केन्द्रिय र प्रदेशमा राम्रो पहुँच पुगेका र राम्रो छवि बनाएका उम्मेदवारहरु भएकाले जिल्लाको विकास र समृद्धिका लागि पनि तीनै जना उम्मेवारहरुलाई निर्वाचित गर्नुपर्ने अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस