सल्यान, २९ कार्तिक ।
सल्यानमा नेकपा एमालेका २ दर्जन बढिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । मंगलबार बिहान जिल्लाको बागचौर नगरपालिका ७ कोटबारामा नेकपा एमालेका नगर कमिटी सदस्य दिल बहादुर वली, एमाले ७ का उपाध्यक्ष मनमाया घर्ती, ६ का अध्यक्ष थलराज चन्द, प्रकाश चन्द, टिकाराम बिक, भिमा चन्द , बिमला चन्द, लोक बहादुर वली लगाएत २ दर्जन बढीले पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बाम लोकतान्त्रिक गठबन्धनका तर्फ वाट प्रतिनिधिसभाका साझा उम्मेदवार प्रकाश ज्वाला र पार्टीका केन्द्रिय सदस्य लोक बहादुर डाँगीले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएको हो । एमालेमा गलत प्रवृत्ति हावि भएकाले आफुहरुले एमाले त्यागेर समाजवादीमा प्रवेश गरेको नवप्रवेशीहरुको भनाइ छ ।