सल्यान, २९ कार्तिक ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपेन्द्र कुमार खत्रीले गठबन्धनको मर्म अनुसार अगाडि बढ्न सबैमा आग्रह गर्नुभएको छ । बागचौर नगरपालिकाको बाफुखोलामा आयोजित चुनावी सभामा बोल्दै उहाँले गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन नेपाली काँग्रेसका सबै कार्यकर्ताहरुमा आग्रह गर्नुभयो । प्रचण्ड र माधव कुमार नेपालले रुखमा भोट हाल्न मिल्छ भने, बाफुखोलाका काँग्रेसका नेताकार्यकर्ताले प्रतिनिधिसभामा प्रकाश ज्वालालाई कलममा र प्रदेश सभा क मा भिम प्रकाश शर्मालाई गोलाकार भित्रको हसिया हथौडामा भोट हाल्न किन मिल्दैन भनेर प्रश्न समेत गर्नुभयो । उहाँले बाहिर हल्ला आए जसरी काँग्रेस तितरबितर नभएर गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउनको लागि लागिपर्न सवैमा आग्रह गर्नुभयो ।