यो प्रतिगमन विरुद्धको आन्दोलन हो, त्यसैले साझा उम्मेदवारलाई बिजयी बनाऔं : काँग्रेस नेता रेग्मी


सल्यान, १ मंसिर ।
नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले यस पटकको चुनाव जित्नको लागि मात्रै नभएर प्रतिगमनलाइ परास्त गर्नको लागि पनि भएको बताउनुभएको छ । संयुक्त गठबन्धनको बन्गाड कुपिण्डे नगरपालिकाको ढोरपिपलमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै उहाँले अहिलेको चुनाव प्रतिगमन र अग्रगमन बिचको लडाइ भएको पनि बताउनुभयो । उहाँले प्रतिगमनलाइ परास्त गर्नको लागि गठबन्धनका साझा उम्मेदवारलाइ अत्याधिक मतका साथ बिजयी बनाउन सबैमा आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित