जनभेटघाटमा ज्वाला : सडक, शिक्षा र बिद्युत्त मतदाताको प्राथमिकता


सल्यान, १ मंसिर ।
सल्यानबाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका साझा उम्मेदवार प्रकाश ज्वाला मतदाताको घरदैलोमा ब्यस्त रहनुभएको छ । आज बिहान मात्रै उहाँले जिल्ला शारदा नगरपालिका ७ कजेरीमा मतदाता संग भेटघाट गर्नुभएको हो । सो अवसरमा मतदाताले सडक, बिद्युत्त र शिक्षा क्षेत्रको बिकासलाई प्राथमिकता दिन माग गरेका छन् । रामेखोला-माथिगाउँ-ओख्रेनी हुदै ढोरपिपल जोड्ने सडकको बिस्तार तथा स्तरोन्नति, बिद्युत्त नपुगेको ठाउँमा बिद्युत्तिकरण गर्ने र शिक्षा क्षेत्रको भौतिक पुर्वाधार निर्माणमा जोड दिन मतदाताले माग गरेका छन् । सो अवशरमा बोल्दै ज्वालाले आफु पहिला सांसद हुदै प्रदेशको अर्थमन्त्री हुदा सडक, बिद्युत्त, शिक्षा, खानेपानी लगाएतका पुर्वाधार क्षेत्रमा धेरै काम गरेको र आगामी दिनमा पनि ति कामहरुलाई पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस