पार्टीको निर्णय विपरित कार्य गरेको भन्दै कांग्रेसका २२ नेता निलम्बनमा

सल्यान, ३ मंसिर ।
सल्यानमा पार्टीको निणर्य, पद्धति र विधान विपरित कार्यगरेको भन्दै नेपाली काँग्रेसले २२ नेतालाई निलम्बन गरेको छ । कांग्रेसको निति, पद्धति र विधान विपरीत कार्य गरेको भन्दै २२ जना नेतालाई ५ वर्ष सम्मका लागि साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको जिल्ला सभापति केश बहादुर विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कारबाही पर्ने नेताहरुमा पार्टीका जिल्ला सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालि प्रसाद भण्डारी सहितका नेताहरु रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस