सल्यानमा ५३ प्रतिशत मत खस्यो : मतपेटिका गणनास्थल ल्याइदै

 

file photo

सल्यान, ४ मंसिर ।
सल्यानमा ५३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार जिल्लाभर ५३ दशमलव २७ प्रतिशत अर्थात पुरुष ४० हजार २१ र महिला ४४ हजार १ गरि ८४ हजार २२ मत खसेको हो ।

एक प्रतिनिधि र २ प्रदेश सभा रहेको सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन । मतदान सकिए संगै मत पेटिका सदरमुकाम ल्याउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस