सल्यान ७, मंसिर !
नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभामा निर्वाचित हुने निश्चित भएको छ । अब जिल्लामा १४ हजार मत गणना गर्न बाँकी छ तर ज्वाला १२ हजार मतान्तरले अगाडि हुनुहुन्छ । यसरी हेर्दा ज्वालाको जित पक्का भएको हो । अहिले बन्गाड कुपिण्डे नगरपालिका र शारदा नगरपालिकाका केही वडाको मात्रै मतगनणा भैरहेको छ । यस क्षेत्रपनि गठबन्धनको पकेट क्षेत्र भएकाले भारी मतका साथ ज्वाला निर्वाचित हुने निश्चित भएको हो ।
प्रतिनिधि सभा सल्यान गणना
नेकपा (एकीकृत समाजवादी) प्रकाश ज्वाला:२९३२४
नेकपा (एमाले) राजेन्द्र वीर राय: ९९१०
स्वतन्त्र राजेन्द्र बहादुर शाह:१६६७३
मतान्तर १२६५१
गन्न बाँकी मत १४७६९
खसेको मत ८३०४७ (प्रत्यक्ष तर्फ)
प्रदेश सभा (क)
हँसियाहथौडा : १८८७०
सुर्य : १२१३३
मतान्तर : ६७३७
प्रदेश सभा (ख)
हालसम्म जम्मा
रुख : १६९७५
सुर्य : १३९३४