सल्यान, ७ कार्तिक ।
सल्यानको प्रदेशसभा ‘क’ मा गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका भिम प्रकाश शर्माको जित निश्चित भएको छ । मत गणना गर्ना ५ हजार ८ सय ७२ बाँकी रहेकोमा शर्मा ६ हजार ७ सय ३७ मतले अगाडी हुनुहुन्छ । यस आधारमा शर्माको जित निश्चित भएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुल बहादुर गिरीले १२ हजार १ सय ३३ मत ल्याउनुभएको छ । अहिले प्रदेशसभा क को बन्गाडमा मत गणना भैरहेको छ ।