सल्यानमा पहिलो पटक शववाहन सञ्चालन

सल्यान, १९ मंसिर ।

सल्यान जिल्लामा नै पहिलो पटक शववाहन सञ्चालनमा आएको छ । जिल्लामा शव वाहन नहुँदा नागरिकलाई सास्ती भैरहेको अवस्थामा सल्यान जिल्ला अस्पतालले एक वटा शववाहन खरिद गरेर सञ्चालनमा ल्याएको हो । कर्णाली प्रदेश सरकारको गत आर्थिक बर्षको वजेट मार्फत जिल्लामा शववाहन खरिद गरेर सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।

शववाहन खरिदका लागि प्रदेश सरकारले जिल्ला अस्पताल सल्यानलाई १२ लाख रुपैँया पठाएको थियो । ‘जिल्लामा शववाहन नहुदाँ जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकलाई सास्ती हुने गरेको थियो’ उहाँले भन्नुभयो ‘अव शववाहन सञ्चालनमा आइसकेको छ, यसले जिल्लावासीलाई सहज भएको अपेक्षा गरेका छौँँ ।’

जिल्लामा नै शववाहन सञ्चालनमा आएपछि स्थानिय खुसी समेत भएका छन् । यस्तै जिल्ला अस्पतालले नयाँ एम्बुलेन्स समेत सञ्चालन गरेको छ । अस्पतालमा भएको पुरानो एम्बुलेन्स बिग्रिएको बर्षौ हुदाँ समेत नयाँ खरिदका लागि ढिलाई हुदाँ समस्या हुने गरेको थियो । अहिले भने कर्णाली प्रदेश सरकारकै २० लाख रुपैँया बजेटबाट नयाँ एम्बुलेन्स खरिद गरेर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस