सुशासनमा नागरिक सहभागिता कार्यक्रमको सामाजिक परिक्षण सम्पन्न

सल्यान, २० मंसिर ।
सल्यानको सिद्धकुमाख, दार्मा, त्रिवेणी, कालिमाटी र कपुरकोट गाउँपालिकामा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रमको सामाजिक परिक्षण सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत सन् २०२२ मा भएका गतिविधिहरुको उपलब्धी, भएका सिकाई र आएका चुनौतिहरुको बारेमा सरोकारवालाहरुलाई जानकारीका साथै संस्थाले संचालन गरिएका परियोजना तथा कार्यक्रमहरुको प्रभाव मुल्यांकन गर्ने, लक्षित समूहलाई प्रदान गरिएका सेवाहरूको गुणस्तर पहिचान गर्न, कार्यक्रमको सशक्तता र कमजोरी पहिचान गरी कार्यक्रमलाई दिगो बनाउने उपायहरू पत्ता लगाएर अगाडि बढ्ने, वित्तीय र भौतिक स्रोतहरूमा संगठनात्मक लगानी र तिनीहरूको आवश्यकता बीचको खाडल पहिचानगर्न, लक्षित समूह र सरोकारवालाहरू प्रति संस्थाको जवाफदेहिता प्रवद्र्धन गर्ने, सरोकारवालाहरूको प्रतिक्रिया र सुझावलिन संस्थाको भावी दिशानिर्देश पहिचानगर्न लागि सामाजिक परिक्षण कार्यक्रम सञ्चालन गराएको हो ।

संस्थाको पारदर्शिता र जवाफदेहीता अभिवृद्धि गर्न, नागरिक र स्थानीय सरकार वीच समन्वय सहकार्य गरी आपसी सम्बन्धलाई मजबुत बनाई राख्न सामाजिक लेखा परिक्षण गरिएको समाजका जिल्ला कार्यक्रम संयोजक गुमानसिंह नेपालीले जानकारी दिनुभयो । सामाजिक लेखा परिक्षण कार्यक्रमका गाउँपालिका अध्यक्षहरुले सुशासन विनादिगो शान्ति, विकास र समृद्धि हासिलगर्न नसकिने भएकाले सुशासन अभिवृद्धिमा सबै लाग्नु पर्नेमा उहाँले जोड दिनु भएको छ । यसका लागि परियोजनाले महत्वपूर्ण सहयोग पुर्याएको उल्लेख गर्दै सबै पक्षसंग समन्वय गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । साथै यस परियोजनाको समुदाय र स्थानीय सरकारमा महत्वपूण भूमिकाभएको यस परियोजनालाई निरन्तरतादिन संस्थामार्फात दातृ निकायलाइ समेत अनुरोध गरिएको छ ।

परियोजना संचालन क्षेत्र ५ वटा पालिकामा दलित विकास समाज सल्यानका कार्यवाहक अध्यक्ष झिनबहादुर नेपाली र सचिव हेमराज विकको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न गाउँपालिका उपाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृतहरु, वडा अध्यक्षहरु, विषयगत शाखा कार्यालय प्रमुखहरु, सामुदायीक समूहका सदस्यहरु लगाएतको सहभागीता थियो । परियोजना अन्तर्गत सन् २०२२मा कार्यक्षेत्र गाउँपालिकामा समुदायमा आधारित सामुदायिक संस्था र सामुदायिक समुहहरुको संस्थागत क्षमता विकास, स्थानीयतहको श्रोत पहिचान तथा परिचालन, सामुदायिक समुहका सदस्यहरुका लागि सामुदायिक सहजीकरण तालिम, सामुदायिक समुहका सदस्यहरुक ालागि वकालत रणनीति योजनाका लागि सहयोग,सामुदायिक समुहका सदस्यहरुका लागि योजना तर्जुमाका चरण, क्रियाकलाप संचालन र अनुगमन सम्बन्धि अभिमुखीकरण, सुशासनका लागि युवामञ्च परिचालन, स्थानीयतहको शिक्षा, स्वास्थ्य, कृषि र खानेपानी तथा सरसफाई सम्बन्धि योजना र नीतिहरुको बारेमा छलफल तथा अन्तक्रिया, गाउँपालिका सँगको समन्वय बैठक, गाउँ पालिका स्तरमा समाजिक परिक्षण, सामाजिक जवाफदेहिताका औजारहरु प्रयोग गर्न स्थानीय सरकारलाई सहयोग (सामुदायिक अंकपत्र, सन्तुष्टि सर्वेक्षण र जेसी परिक्षण), स्थानीय सरकार र सरोकारवालाहरु विच सहभागितामूलक योजना तर्जुमा प्रक्रिया सम्बन्धि छलफल, स्थानीय सरकार र नागरिकहरु विच सहभागिता मूलक नीति निर्माण प्रक्रिया समबन्धि बैठक, गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिकौ बैठक, ब्यवसायी संचालनका लागि सहयोग र सामाजिक परिक्षण क्रियाकलाप संचालन र अनुगमन सम्बन्धि अभिमुखीकरण गरिएको संयोजक नेपालीले जनाउनुभयो ।

यस्तै युवा सहभागिताका लागि युवारुलाई लघु उद्यमतालिम, स्थानीयतहको शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीतथा सरसफाई सम्बन्धि योजना र नीतिहरुको बारेमा छलफल तथा अन्र्तक्रिया, स्थानीय सरकार र नागरिकहरु विच सहभागिता मूलक नीति निर्माण प्रक्रिया सम्बन्धी बैठक पनि सञ्चालन गरिएको उनले जनाए । सामुदायिक सुशासन, जवाफदेहिता तथा पारदर्शिता सवलीकरण मार्फत नागरिक तथा स्थानीय सरकार बीच हभागिता मूलक सहयोगात्मक सम्बन्ध स्थापना गर्ने उद्देश्ययको साथ सल्यानका ५ स्थानीयतहमा सुशासनमा नागरिक सहभागीता कार्यक्रम सञ्चालनमा भएको थियो ।

स्थानीय सेवाप्रवाहमा सुधार तथा स्थानीय आवश्यकताहरुलाई सम्बोधन गर्ने नीति, कार्यक्रम निर्माणका लागि स्थानीय सरकार, प्रादेशिक सरकार तथा मन्त्रालयबीच सहकार्य र नियमित सम्बाद स्थापना गर्ने परियोजनाको उद्देश्य रहेको छ । साथै संस्थाले पालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक संचालन पनि सम्पन्न गरेको छ । यसै अवसरमा गाउँपालिकाहरुले स्थानीयतहमा सुशासनको क्षेत्रमा संस्थाले गरेको योगदानको उच्चमुल्यांकन गरी संस्था र परियोजनामा कार्यरत कर्मचारीलाई सम्मान तथा पदर पत्रवितरण गरिएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस