नेपाल पत्रकार महासंघ सल्यानको साधारणसभा पुस ४ गते हुने

सल्यान, २४ मंसिर ।
नेपाल पत्रकार महासंघ सल्यानको साधारणसभा यही पुस ४ गते हुने भएको छ । शुक्रवार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न महासंघको बैठकले यही पुस ४ गते सोमबार जिल्लाको सदरमुकाम खलंगामा साधारणसभा गर्ने निर्णय गरेको हो । सोही अवशरमा महासंघको सांगठनिक र आर्थिक प्रतिबेदन पेश गरिने छ ।

यस्तै बैठकले महासंघको सदस्यता नविकरणको म्याद एक साताको लागि थप गर्ने निर्णय गरेको महासंघका अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । उहाँले यसअघि सदस्यता नविकरण आह्वान गरिएकोमा केही सदस्यहरु छुटेकाले नविकरणका लागि पुनः एक साताको म्याद थपिएको जानकारी दिनुभयो ।

यस्तै बिभिन्न सञ्चार गृहमा कार्यरत रहेका तर पत्रकार महासंघमा सदस्य नभएका पत्रकारहरुको लागि नयाँ सदस्यता आह्वान गरिएको छ । यही मंसिर २९ गते सम्मको लागि एक साताको म्याद दिएर आवश्यक कागजात सहित नयाँ सदस्यताको लागि आवेदन दिन सकिने निर्णय बैठकले गरेको महासंघ सचिव टिकाराम भण्डारीले जानकारी दिनुभयो ।

यस्तै बैठकले नेपाल पत्रकार महासंघ सल्यान शाखामा स्थापना भएका तीन वटा अक्षयकोष बाट बिभिन्न क्षेत्रमा क्रियाशिल रहेका तीन जना पत्रकारहरुलाई पत्रकारिता पुस्कार प्रदान गर्नको लागि पत्रकार छनौट समिती समेत गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सल्यानका पुर्वअध्यक्षहरु रमेश कुमार गौतम, सनत कुमार शर्मा, प्रतिक इच्छुक शर्मा र बर्तमान अध्यक्ष नविन पौडेलको रहेको छनौट समिती गरिएको छ ।

साथै महासंघको साधारणसभालाई भब्य र सब्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी तिव्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित