रेडियो राप्ती एफ.एम. १६ औँ बर्षमा प्रवेश


सल्यान २६ मंसिर ।
सल्यान जिल्ला कै पहिलो सामुदायिक रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्ज आज देखी १६ औँ बर्षमा प्रवेश गरेको छ । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियो १५ औँ बर्ष पुरा गरेर आज देखी १६ औँ बर्षमा प्रवेश गरेको हो । १५ औँ बार्षिकोत्सवका अवशरमा रेडियोले आज दिउसो शुभकामना आदानप्रदान कार्यक्रम गर्ने तयारी गरेको छ ।
शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम.ले आज दिउसोँ रेडियो परिसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । एक सय वाट क्षमता भएको यस रेडियो अहिले दैनिक १७ घण्टा प्रशारण हुदैँ आएको छ ।
रेडियोको प्रशारण सल्यान सहित दाङ, रोल्पा, रुकुम, प्यूठान, जाजारकोट, सुर्खेत लगाएतका छिमेकी जिल्लाहरुमा सुन्न सकिन्छ । रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लाको नै पहिलो रेडियो राप्ती एफ.एम.ले आवाज बिहिनको आवाजको रुपमा काम गरिरहेको रेडियोका अध्यक्ष रमेश गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस