नेत्र भण्डारीको ‘पछ्यौरीको सप्को’ सार्वजनिक [ भिडियो सहित ]

सल्यान, २७ मंसिर ।
चर्चित लोक तथा दोहोरी गायक नेत्र भण्डारीको पछ्यौरीको सप्को सार्वजनिक भएको छ । पछिल्लो समय लोक दोहरी क्षेत्रमा विभिन्न उत्कृष्ट गीत बजारमा आउने क्रममा निकै फरक सैलिको नेत्र भण्डारीले समय सान्दर्भिक लोक दोहोरी गीत पछ्यौरीको सप्को बजारमा ल्याउनुभएको हो ।

जाडो समयलाई समावेश गरेर गायक भण्डारीले गीत बजारमा ल्याउनुभएको छ भने गीतमा निकै उत्कृष्ट मौलिक शब्द भरिएका छन । प्रेम जोडिले रुचाउने शब्दले भरिएको गीतमा डम्बर चन्द बगरको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने नेत्र भण्डारीले गीतको संगीत भर्नुभएको छ ।

दशकौंदेखि गीत संगीत क्षेत्रमा निरन्तर लागिरहेका गाएक नेत्र भण्डारी सल्यानमा जन्मिएका हुन स्याउ ल्याईदिउकि केरा, नियति, हार्दिक श्रद्धाञ्जली, झुम्के फुलि,बन पालेको लौरी, जवानिको छल्का लगाएताका गीत निकै चर्चित गीत हुन । पछिल्लो गीत पछ्यौरीको सप्को गीतको अडियो जस्तै उत्कृष्ट म्युजिक भिडियो पनि रहेको छ । स्मृति तिमल्सिना (गुरु आमाको) उत्कृष्ट निर्देशनमा रहेको गीतमा लोसम शर्मा र अन्जलि अधिकारीको अभियान रहेको छ । गीत रिजन नेपाल युटुब मार्फत बजारमा सार्वजनिक भएको छ ।

हेर्नुस भिडियाे 

 

प्रतिक्रिया दिनुहोस