सल्यान, २९ मंसिर ।
सल्यानमा एकैपटक १८ वटा बालमैत्री पुस्तकालय स्थापना गरिएको छ । बालबालिकाको पढ्ने सीप र पढ्ने बानीको बिकास गर्न जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा गरेर १८ वटा बालमैत्री पुस्तकालय स्थापना गरिएको हो । जसमा शारदा नगरपालिकाका ८ बिद्यालय र दार्मा गाउँपालिकाका १० बिद्यालयमा एकैसाथ पुस्तकालय स्थापना गरिएको हो ।
शारदा नगरपालिका र दार्मा गाउँपालिकाले रुम टु रिड संगको साझेदारीमा दलित बिकास समाज सल्यानको ब्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रम अन्र्तगत रहेर बालमैत्री पुस्तकालय सञ्चालनमा ल्याइएको हो । साना–साना बिद्यार्थीहरुले आफ्नो स्तर अनुसारको पुस्तक पढ्दै पठन संस्कृतिको बिकास गर्न, पढ्ने सीप र बानिको बिकास गरि स्वतन्त्र पाठक बनाउन पुस्तकालयको स्थापना गरिएको दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाहीले जानकारी दिनुभयो ।
बालमैत्री पुस्तकालयले प्राराम्भिक तहका बालबालिकामा उनीहरुको इच्छा, चाहाना, रुचि र तह अनुसारका कथा, विषयवस्तु, विधा, सामाजिक अवस्था, जीवनोपयोगी सिप र विषयवस्तु केन्द्रित बालपुस्तकले उनीहरुको पढ्ने बानीको सुधार गर्न मद्धत गर्ने सिनियर कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिनुभयो । ‘बालबालिकाहरुमा पढ्ने बानीको सुधार भएन भने उनीहरु पढाइ प्रति रुचि, चाहाना, इच्छा र जागरुक हुदैनन्, फलस्वरुप बालबालिकाको पढाइको स्तर खस्कदै जाने गर्दछ, त्यसैले बालबालिकाको पढ्ने बानीको सुधार गरी स्वतन्त्र पाठक बनाउनु नै हाम्रो लक्ष्य हो’ उहाँले भन्नुभयो ।
बालबालिकाको तह, इच्छा, चाहना, विषयवस्तु केन्द्रित र रुचि अनुसार पुस्तकहरु विद्यालयका पुस्तकालयमा उपलब्ध भएमा उनीहरुमा पढ्ने बानीको बिकास भई पढाईको स्तरमा समेत सुधार आउने उहाँको भनाइ छ । बालमैत्री पुस्तकालय स्थापना भएका बिद्यालयमा कम्तीमा तीन हजार पाँच सय बालपुस्तक उपलब्ध गराइने जनाइएको छ ।
जसअनुसार विद्यालयमा कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुलाई शिक्षकले हप्तामा १ दिन पढाइ गतिविधि संचालन गरी सःस्वर सँगै, जोडी र स्वतन्त्र पढाइका व्रिmयाकलापहरु सञ्चालन गर्ने छन् । यस्तै विद्यार्थीहरुलाई हप्तामा १ देखि २ वटा स्तर अनुसारका पुस्तकहरु छनौट, अभिलेखिकरण र पुनः विद्यालयमा पढेर राख्ने व्यवस्था मिलाइने छ ।
शारदा नगरपालिका–६ मा रहेको बालशखा माद्यामिक बिद्यालयमा स्थापना गरिएको बालमैत्री पुस्तकालयको उद्घाटन गर्दै शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले भोलीको भबिष्य बोकेका आजका बालबालिकाको गुणस्तरीय शिक्षा र प्रविधिमैत्री शिक्षा प्रदान गर्नको लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ । उहाँले साना बालबालिकाहरुलाई बिद्यालयमा जाउँ–जाउँ भन्ने खालको उत्प्रेरणा जगाउने हेतुले बसाई व्यवस्थापन, पुस्तकालय, पर्याप्त पुस्तक, खेलौनाका सामाग्री आदीको व्यवस्थापन गरिएकाले सिकाईका क्रियाकलाप निरन्तर अघि बढाउन आग्रह गर्नुभयो ।
दार्मा गाउँपालिकाको फारुलामा रहेको जनज्योती माद्यामिक बिद्यालयमा स्थापना गरिएको पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष चन्द्रप्रकाश रावतले बिद्यालयमा स्थापना गरिएको पुस्तकालयले प्राराम्भिक कक्षामा पढ्ने बालबालिकाको पढ्ने वानीको विकास गर्ने बताउनुभयो । उहाँले सारक्षता कार्यक्रम मार्फत स्थापना गरिएको पुस्कालयले बिद्यार्थीको पढ्न मन नगर्ने, बिद्यालय नियमित नआउने लगाएतका गलत कार्यको अन्त्य हुने बताउनुभयो ।
यसबर्ष मात्रै जिल्लाका चार पालिकामा ४४ पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको छ । विगत पाँच बर्षदेखी सञ्चालित साक्षरता कार्यक्रम अन्र्तगत रह यसअघि जिल्लाका ५४ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको थियो ।