सल्यानमा यही पुस १३ गतेदेखी दश दिन महोत्सव सञ्चालन हुदैँ

लघु घरेलु अन्र्तगत स्थानिय उत्पादनको वजारीकरणमा टेवा पुग्ने

सल्यान, २ पुस ।
सल्यानमा स्थानिय उत्पादनको वजारीकरणको लागि भन्दै दश दिने महोत्सव सञ्चालन गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा यही पुस १३ गतेदेखी २३ गतेसम्म दश दिन बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिने भएको हो ।

उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पु¥याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवको लागि आवश्यक तयारी थालिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले जानकारी दिनुभयो । शनिवार श्रीनगरमा पत्रकार सम्मेलन गर्दै उहाँले स्थानीय तह संगै जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेर महोत्सव सञ्चालनको तयारी गरिएको बताउनुभयो ।

महोत्सवमा दुई सय देखी दुई सय ५० सम्म स्टल रहने छन् । महोत्सवमा कर्णाली प्रदेशका दश वटै जिल्लाको लघु घरेलु, कृषि, पशु, पर्यटनसँग सम्बन्धित उत्पादनलाई राखिने छ । ‘लघु घरेलु उद्योग अन्र्तगत उत्पादन भएका उत्पादनलाई स्टलमा राख्ने छौँ, यसले यहाँको स्थानिय उत्पादनलाई प्रोत्साहन, व्यवस्थापन, वजारीकरण लगाएतका कार्यमा सहयोग गर्ने अपेक्षा गरेका छौँ’ उहाँले भन्नुभयो ‘सल्यानको सुन्तला देखी मह सम्म, खु्कुरी देखी अचार सम्म स्थानिय उत्पादनलाई वजारीकरण गर्नु नै हाम्रो लक्ष्य हो ।’

यस्तै महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुने आयोजकको भनाइ छ । जसमा महोत्सव अवधिभर एक करोड ५० लाख बढीको कारोवार हुने जनाइएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानियस्तर कलाकारको प्रस्तुति रहने छ भने बाल उद्यान, पिङ, लगाएतका रहने छन् । महोत्व अवधिभर करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।

महोत्सव प्रवेशका लागि रु। एक सय टिकट शुल्क लाग्ने छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको भवन निर्माणका लागि महोत्सवको आयोजना गरिएको आयोजकको दावी छ ।

 

 

प्रतिक्रिया दिनुहोस