नेपाल पत्रकार महासंघ सल्यानको छैटौँ साधारणसभा भोली : आवश्यक तयारी पुरा

सल्यान, ३ पुस ।
नेपाल पत्रकार महासंघ सल्यानको साधारणसभा भोली पुस ४ गते हुदैँ छ । मंसिर २३ गते शुक्रवार बसेको महासंघको जिल्ला कार्यसमितीको निर्णय अनुसार महासंघको छैटौँ साधारणसभा भोली हुन लागेको हो । भोली दिउँसो १२ वजे शुलभ होटलको हल खलंगामा शुरु हुने साधारणसभामा महासंघको सांगठनिक र आर्थिक प्रतिबेदन पेश गरिने छ ।

महासंघको साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको जिल्ला अध्यक्ष नविन पौडेलले जानकारी दिनुभयो । उहाँले साधारणसभामा उपस्थित भैदिन पदाधिकारी, कार्यसमिती सदस्य र सम्पुर्ण साधारण सदस्यहरुमा आग्रह गर्नुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस