कपुरकोट गाउँपालिकाले लोकसेवाको वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई सिधैँ नियुक्ति दिने

सल्यान, ८ पुस ।
सल्यानको कपुरकोट गाउँपालिकाले लोकसेवा आयोगको वैकिल्पक सूचीमा रहेका उम्मेदवारलाई कृषि स्नातक प्राविधिक छैटौँ पदमा करारमा नियुक्त गर्ने भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

विहीबार जारी गरेको सूचना अनुसार गाउँपालिकाले कृषि स्नातक प्राविधिक छैटौँ पदमा पुस १ गते लिखित परिक्षा सञ्चालन गर्दा कुनै पनि उम्मेदवार उत्तिर्ण नभएकाले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबाट लिखित तथा अन्तरवार्ता उत्तिर्ण गरेका वैकल्पिक तथा अस्थायी सुचिमा रहेका उम्मेदवारलाई सात दिन भित्र गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सुचना :

 

प्रतिक्रिया दिनुहोस