लोकतन्त्रको मुख्य कडी निर्वाचन : आयुक्त तुलाधर

निर्वाचन समिक्षा कार्यशाला


सल्यान, २६ पुस ।
निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले लोकतन्त्रको मुख्य कडी नै निर्वाचन भएको बताउनुभएको छ । संविधानले दिएको जिम्मेवारीलाई आयोगले सफलतापुर्वक सम्पन्न गरेको बताउँदै उहाँले लोकतन्त्रको सुदृढिकरण र लोकतन्त्रलाई थप वलियो बनाउन निर्वाचनले मुख्य भूमिका खेल्ने बताउनुभएको हो । सोमबार सल्यानको सदरमुकाम खलंगामा निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन समिक्षा कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्त वातावरणमा सम्पन्न भएको बताउदैँ निर्वाचन सफलतापुर्वक सम्पन्न गरेर आयोगले आफ्नो दायित्व पुरा गरेको बताउनुभयो । ‘सबैक्षेत्रको सहयोगमा निर्वाचन आयोगले एकै चरणमा निर्वाचन सम्पन्न गरेको छ’ उहाँले भन्नुभयो ‘आयोगले निर्वाचनका बेलामा मात्रै होइन्, निर्वाचन पुर्व, निर्वाचनको बेला र निर्वाचन पश्चात पनि महत्वपुर्ण काम गर्दै आएको छ ।’

आयुक्त तुलाधरले निर्वाचनको समयमा केही मतदान स्थलहरु मतदाताहरुको कुपायकमा परेकाले केही समस्या भएको भएपनि अवका दिनमा ती समस्या समाधान गरेर अघि बढ्ने बताउनुभयो । ‘यस पटकको निर्वाचनमा आचारसंहिता उलंघनका घटना कमै मात्रामा भएका छन्, यसमा सबै क्षेत्रले जिम्मेवार ढंगले काम गरेको पाइएको छ’ उहाँले भन्नुभयो ‘तल्लो तहमा पनि निर्वाचन आचारसंहिताको अनुगमणको व्यवस्था मिलाएका थियौँ, यसले थप सहजता थपेको हो ।’

उहाँले निर्वाचनलाई थप व्यवस्थित गर्न केही कानुन निर्माण र केही कानुन परिमार्जनको तयारीमा रहेकाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यसले मद्धत गर्ने बताउनुभयो । फलस्वरुपः मतदाता शिक्षालाई परिमार्जन गरेको र यसको मुख्य दायित्व स्थानिय तहलाई दिइएको उहाँको भनाइ छ ।

यस्तै जिल्ला न्यायधिस गिरीराज गौतमले सबैक्षेत्रको सहयोगबाट मात्रै निर्वाचन सफलता पुर्वक सम्पन्न भएको बताउनुभएको छ । ‘राजनितिक दल, उम्मेदवार लगाएत सबै क्षेत्रसँगको समन्वय र सहकार्य हुदाँ आचारसंहिताको पुर्णपालना भएको छ, प्रतिस्पर्धात्मक चुनाव प्रचार सामाग्री रोकिएको छ’ उहाँले भन्नुभयो । उहाँले डाँडा–डाँडाहरुमा मतदान केन्द्र रहने तर मतदाताहरु बेसीमा बस्ने हुदाँ मतदान कार्यमा केही समस्या भएको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले हालैसम्पन्न आवधिक निर्वाचनमा जिल्लामा आचारसंहिता उलंघनका घटना नभएको बताउनुभएको छ । सदरमुकाम भन्दा टाढा–टाढाका बस्तीहरुमा समेत मतदान केन्द्रभएकाले सुरक्षाचुनौती भएपनि सबैक्षेत्रको साथ र समन्वयमा सहज रुपमा निर्वाचन सम्पन्न भएको उहाँले बताउनुभएको छ ।

निर्वाचन आयोगले सबैप्रदेशलाई समेट्ने गरेर सल्यान, बैतडि, ताप्लेजुङ, रुकुम, दोलखा लगाएतका सात स्थानमा निर्वाचन समिक्षा गर्ने निर्णय गरेको थियो । कार्यशालामा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोगले गरेका काम र अवका योजनाका बारेमा जानकारी दिनुभएको थियो । उहाँले आन्तरिक व्यवस्थापन र वित्तिय व्यवस्थापनमा समस्या हुदाँ सात वटा निर्वाचनक्षेत्रमा कार्यक्रम गरेर सुझाव संकलन गरेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण निर्वाचन आयोगका उपसचिव सुर्यप्रसाद अर्यालले गर्नुभएको थियो । कार्यक्रममा राजनितिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख, मतदान अधिकृत, निर्वाचन पर्यवेक्षक, मतदाता शिक्षा स्वयम्सेवक, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस