सल्यान, २७ पुस ।
सल्यान जेसिज बर्ष 2023 को अध्यक्षमा जेसी डम्बर केसी निर्वाचित हुनुभएको छ । बुधबार जिल्लाको श्रीनगरमा सम्पन्न सल्यान जेसिजको छैटौं साधारणसभा तथा अधिबेशनबाट केसी अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
जसको कार्यकारीणी उपाध्यक्षमा जेसी मदन गौतम र जेसी अंगत ओली निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा
जेसी निरज सिंह, जेसी रबिन थापा, जेसी सुमन बिष्ट, जेसी रमेश बुढाथोकी, सचिबमा जेसी मोहन डाँगी रहनु भएको छ । यस्तै महासचिब, कानुनी सल्लाहकार र कोषाध्यक्ष भने अध्यक्षले नियुक्त गर्ने प्रावधान छ ।
जेसिज बर्ष २०२२ का अध्यक्ष जेसि नरेन्द्र बुढमगरको अध्यक्षता एवम् संस्थापक अध्यक्ष जेसि राजेन्द्र कुमार थापाको प्रमुख आतिथ्यतामा छैटौं साधारणसभा तथा अधिबेशन गरिएको थियो ।
नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम माघ १ गते कुपिन्डे तालमा गरिने सल्यान जेसिजले जनाएको छ ।