सल्यान, ३ माघ ।
सामाजिक अभियान्ता ज्ञानेन्द्र पुन मगरको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ । मंगलबार २२ औं जन्मदिनको अवशरमा शारदा नगरपालिका १३ चलाउनेपानीमा रहेको बालकल्याण प्राथमिक बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शारदा नगरपालिका १३ लेखटाकुरा घर भएका उहाँले एक कार्यक्रमका बिच गरिब, जेहेन्दार लगाएतका गरेर २ दर्जन बढि विद्यार्थीहरुलाई कापि र कलम लगाएतका सामग्री वितरण गर्नुभएको हो ।
जन्मदिनको अवशरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकोमा मगरलाई प्रधानाध्यापक गौरी बुढाथोकीले धन्यवाद दिनुभएको छ ।