जेष्ठ नागरिकको घरैमा स्वास्थ्य विमा

सल्यान, ४ माघ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराका जेष्ठ नागरिकको घरैमा पुगेर स्वास्थ्य विमा बनाउन थालिएको छ । प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराको अगुवाईमा वडा भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक तथा अशक्त, अति अपांगता भएका व्यक्तिहरुको घरैमा पुगेर स्वास्थ्य विमा बनाउन थालिएको हो । प्राथामिक स्वास्थ्य केन्द्रका इन्चार्ज विर बहादुर वलीले वडाभित्रका ७० बर्षमाथिका करिब ६० जना जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य बिमा गरिएको जानकारी दिनुभयो ।

सरकारले नै निशुल्क बनाएको जेष्ठ नागरिक तथा अशक्त, अति अपांगता भएका व्यक्तिहरुको निशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई सफल बनाउन र सबै नागरिकलाई स्वास्थ्य बिमाप्रति आर्कषित गर्न अभियानको थालनी गरिएको उहाँको भनाइ छ । उहाँले वडाका सबै बस्तीहरुमा पुगेर सरकारको मापदण्ड बमोजिम सबैको निशुल्क स्वास्थ्य विमा गरिने बताउनुभयो । स्वास्थ्य विमा बनाएका जेष्ठ नागरिकले बिरामी भएमा एक लाख रुपैँया सम्मको निशुल्क उपचार सेवा पाउने छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार ३ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ७ सय रुपैयाँको दरले थप शुल्क बझाउनुपर्छ । स्वास्थ्य बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम तिरिदिने गरेको छ । स्वास्थ्य बीमाबाट १ लाखसम्मको उपचार सेवा पाइन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस