निःशुल्क पशु स्वास्थ्य शिविरमा तेह्र सय बढीको उपचार

सल्यान, ५ माघ ।
सल्यानको शारदा नगरपालिका ६ बरलामा सञ्चालित एक दिने निःशुल्क पशु स्वास्थ्य शिविरमा १३ सय बढी पशुपंक्षिको उपचार गरिएको छ । शारदा नगरपालिकाको आयोजनामा तथा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र शहिद नेत्रलाल बहुप्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा बुधबार बरलामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

शिविरमा २३ गाइ, ६७ भैसी, ४ सय ३२ बाख्रा, २३ बंगुर, ८ कुकुर÷विराला र ७ सय ७९ कुखुरा गरेर १ हजार ३ सय ३२ पशुपंक्षिको चेकजाँच, उपचार तथा खोप सेवा प्रदान पशु सेवा शाखाले जनाएको छ । पशु स्वास्थ्य शिविरमा नगरको वडा नम्बर ६, ७, १४ र १५ का पशुपंक्षिपालक किसानहरुले आआफ्ना पशुपंक्षिको जाँच गराएका थिए ।

सो अवशरमा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले पशुपंक्षिपालक किसानहरुको सहजताको लागि वडास्तरमा नै निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस