सल्यान, ११ माघ ।
आई.एम.ई. लाइफ इन्स्योरेन्सले दुर्घटनामा परि मृत्यु भएका सल्यानका एक युवाको परिवारलाइ बिमाको रकम हस्तान्तरण गरेको छ । शारदा नगरपालिका वडा नं. २ खलंगा गैरागाउँ निवासी सुजित सिंह थापा (सुमित)को गत मंसिर ११ गते बांकेमा बाइक दुर्घटनामा परि मृत्यु भएपछि उनको परिवारलाइ आई.एम.ई. लाइफ इन्स्योरेन्सले मंगलबार बिमाको रकम हस्तान्तरण गरेको हो ।
थापाले २ बर्ष अगाडि आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सल्यानबाट रु ५ लाखको आजिवन विमा बनाई मात्रै २ किस्ता बाफतको ४८ हजार रुपैया तिरेका थिए । थापाले तिरेको ४८ हजार र मृत्युु दाबी बाफतको रकम १० लाख गरी १० लाख ४८ हजार कम्पनीले थापाको परिवारलाइ हस्तान्तरण गरेको हो ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, आई.एम.ई. लाइफ इन्स्योरेन्स सल्यान शाखाका प्रमुख भरत रोकाय लगाएत अन्य कर्मचारी र पत्रकारको उपस्थितिमा बिमा रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै मेयर भण्डारीले बिमा जिवनका लागि अपरिहार्य भएको बताउनुभयो ।