कर्णालीमा मन्त्रीमण्डल विस्तार : भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा सल्यानका शर्मा

सल्यान, ११ माघ ।

कर्णलीका प्रदेका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका शर्माले (माघ ११) बुधबार १५ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन । यस्तै, मुख्यमन्त्री शर्माले बुधबार थप चार जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका हुन् । जसमा नेकपा एमालेबाट दुई र माओवादी केन्द्रबाट दुई जना रहेका छन् । नेकपा माओवादी केन्द्रबाट सल्यानका भीमप्रकाश शर्मा र सुर्खेतका कृष्णबहादुर जिसी र नेकपा एमालेबाट मुगुका जीतबहनदुर मल्ल र जुम्लाका टेकराज पछाई मन्त्रीमा नियुक्त भएका छन् ।

शर्माले यसअघि गत पुस २८ गते एमालेबाट एक जना र नेकपा माओवादी केन्द्रबाट एक जना गरि दुई जनालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । विना विभागीय मन्त्रीमा नियुक्त हुनेमा नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही रहेका छन् । यस्तै, नेकपा एमालेबाट मन्त्री बनेका दैलेख शाह आर्थिक मामिला तथा योजना मन्त्री, जुम्लाका पछाई सामाजिक विकास मन्त्री, मुगुका जीतबहनदुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका सुर्खेतका जिसी आन्तरिक मामिला तथा कानून मन्त्री, मुगुका शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, सल्यानका शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै, बुधबार बेलुका ६ बजे मन्त्रीको शपथ ग्रहण गराउँने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस