सल्यान, १८ माघ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले वास्तविक र यथार्थ समाचार आजको आवश्यकता भएको बताउनुभएको छ । उहाँले समयको परिवर्तनसँगै हरेक नागरिकलाई छिटो सुचना, समाचार चाहिने भएकाले वास्तविक र यथार्थ समाचार नै आजको आवश्यकता भएको बताउनुभएको हो । मंगलवार कार्यालयमा पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सुचना लिने र दिने महत्वपुर्ण विषय भएकाले समाचारकै माध्यमबाट सच्चिने र परिमार्जन हुने काम गर्नुपर्ने बताउनुभएको हो । ‘यदी कहि कसैको गल्ति वा त्रुटि भएमा औँल्याइदिनुपर्छ, यसले सुधार गर्ने मौका मिल्छ’ उहाँले भन्नुभयो ‘जनसरोकारका बिषयमा सुचना लुकाउन कसैले मिल्दैन्, कुनै कार्यालयले सुचना दिन कन्जुस्याइ गरेको पाइएमा भन्नुहोला्, त्यसको सहजीकरण हामी गर्छौ ।’
उहाँले शान्ति सुरक्षालाई खलल पुर्याउने, अपराध नियन्त्रण तथा अनुसन्धानमा अवरोध गर्ने जस्ता सुचना समाचार सार्वजनिक नगर्न आग्रह गर्नुभयो । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद समस्या डिल्लीराज रावत, कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक विप्लव महर्जन, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन, सदस्य मेघा रेउले लगाएतका पत्रकारको सहभागिता रहेको थियो ।