टुक्रे योजनामा देखिएका विकृति अन्त्य गर्छौ : कृषि मन्त्री शर्मा

मन्त्री शर्माले वास्तविक किसानसम्म अनुदानका कार्यक्रम नपुगेको गुनासो आएकाले अनुदान भन्दा पनि किसानलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउने प्रयास भइरहेको बताउनु भयो ।

सल्यान, १८ माघ ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कृषि क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्ने बताउनुभएको छ । कृषि क्षेत्रमा टुक्रे योजना बनाउने र गैरकृषक तथा कार्यकर्ता पोषण गर्ने खालका योजना हुने गरेका गुणासो आउने गरेको बताउदैँ उहाँले टुक्रे योजनामा देखिएको विकृति अन्त्य गर्ने बताउनुभएको हो ।

प्रेस सेन्टर नेपाल, सल्यानले बुधबार खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘अहिले सुशासन कायम रहने गरी अघिल्लो सरकारले तय गरेका योजना कार्यान्वय गर्ने हो, आउँदो बर्षदेखी कृषि क्षेत्रमा देखिएका टुक्रे योजना हटाउँछौँ, मास प्रोजेक्टको रुपमा अघि बढ्छौँ’ उहाँले भन्नुभयो ।

मन्त्री शर्माले वास्तविक किसानसम्म अनुदानका कार्यक्रम नपुगेको गुनासो आएकाले अनुदान भन्दा पनि किसानलाई सहुलियत पूर्ण ऋण उपलब्ध गराउने प्रयास भइरहेको बताउनु भयो । फरक प्रसंगमा मन्त्री शर्माले प्रशासनीक र वित्तिय संघीयता कार्यन्वयन नहुँदा संघीयताका उपलब्धीलाई संस्थागत गर्न समस्या भएको बताउनु भयो । उहाँले संघीय निजामती ऐन नबन्दा प्रदेश निजामती ऐन निर्माणमा ढिलाई भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस