त्रिबेणी गाउँपालिकामा चौथो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु

सल्यान, २५ माघ ।
सल्यानको त्रिबेणी गाउँपालिकामा चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । बुधबार देखी शुरु भएको पालिका स्तरीय प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुने छ । स्वस्थ र समृद्ध त्रिबेणी गाउँपालिका, बिकासमा हाम्रो प्रतिबद्धता, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ सञ्चालित प्रतियोगितामा पालिका भित्रका सामुदायिक र संस्थागत गरेर ३५ विद्यालयले सहभागिता जनाएका छन् ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा सल्यान प्रदेशसभा ख बाट निर्वाचित कर्णाली प्रदेशका सांसद सुरेश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सांसद अधिकारीले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिनुभएको छ । खेलखेल्दा शरिर फुर्तिलो र स्वस्थ हुनेमात्र नभएर व्यक्तिको भबिष्य पनि खेलसँग जोडिएको उहाँले बताउनुभएको हो ।

कार्यक्रममा गाउँपालिकाका संस्थापक अध्यक्ष मान बहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएकाले बोल्नुभएको थियो । पालिकाभरका ७ सय १४ जना खेलाडी सहभागि भएको प्रतियोगितामा ५४ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित