ग्रामिण वचत तथा ऋण सहकारी संस्थाले मनायो २८ औँ स्थापना दिवस

सल्यान, २८ माघ ।
सल्यान प्रदेशसभा ख बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले सहकारीले आर्थिक अनुशासन कायम राख्नुपर्ने बताउनुभएको छ । सहकारीमा आवद्ध सबै शेयर सदस्यहरुको आर्थिक क्षेत्र सुधारका लागि काम गर्ने भएकाले आर्थिक अनुशासन कायम राख्दै पारदर्शि भएर सहकारीले काम गर्नुपर्ने बताउनुभएको हो ।


शनिवार जिल्लाको सदरमुकाम खलंगामा रहेको ग्रामिण वचत तथा ऋण सहकारी संस्था लि.को २८ औँ स्थापना दिवशका अवशरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सबै शेयर सदस्यहरुको पुँजीको सुरक्षाको ग्यारेन्टी सहित आर्थिक सुशासन र पारदर्शिता कायम राख्नुपर्ने बताउनुभएको हो ।
‘आजको वचत भोलीको साहारा हो, सबै नागरिकले वचत गर्ने वानी बसाल्नुपर्छ, तर अहिले सहकारी खोल्ने होड नै चलेकाले नागरिकको पुँजीको रक्षा गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘ग्रामिण सहकारीप्रति नागरिकको विश्वासलाई गुम्न दिनुहुदैँन् ।’ उहाँले समयको परिवर्तनसँगै सहकारीले वचत मात्रै नभएर शेयर सदस्यहरुलाई व्यवसायिक बन्न आकृर्षित गुर्नपर्ने बताउनुभएको छ ।


संस्थाका उपाध्यक्ष सुगन्ध कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष धुर्व बहादुर मल्ल, जिल्ला सहकारी संघका अध्यक्ष केशवसिंह श्रेष्ठ, सहकारीका सचिव सनत कुमार शर्मा लगाएतकाले बोल्नुभएको थियो । स्थापना दिवशको अवसरमा डेढ दर्जन बढी जेष्ठ शेयर सदस्यहरुलाई अभिनन्दन गरिएको थियो ।
सहकारी सञ्चालक समितीका सदस्य राधिका शाहको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममाको सञ्चालन ऋण सहायक श्रीकान्त राईले गर्नुभएको थियो । यस सहकारीमा हाल १ हजार १ सय ९९ महिला, १ हजार ५० पुरुष र २ संस्थागत गरेर २ हजार २ सय ५१ शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस