सल्यान–बाँके जोड्न बबईमा पुल

‘पहिला त बबईमा पुल नै थिएन्, बर्खामा नदि वारपार गर्न सकिदैन्थ्यो, बिद्यार्थीहरु चिन्नाको सहयोगमा नदि तर्थे’ उहाँले भन्नुभयो ‘अहिले पुल निर्माण हुनथालेपछि विकास आएको महशुस भएको छ, तोकिएको समयमा नै पुल निर्माण होस्, पहिले जसरी उर्लदौँ बबई तर्नु नपरोस् ।’

सल्यान, १४ चैत ।
सल्यान जिल्लालाई बाँके जिल्लासँग जोड्नको लागि बबई नदिमा मोटरेवल पुल निर्माण थालिएको छ । कर्णाली प्रदेशलाई लुम्विनि प्रदेशसँग जाड्ने खलंगा–कालिमाटी–चप्परगौडी सडक अन्र्तगत पर्ने बबई नदिमा पुल निर्माण थालिएको हो । सल्यान–कोहलपुर जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकको ट्रयाक खोल्ने काम भएपनि स्तरोन्नती र बबई नदिमा पुल नहुदा समस्या हदैँ आएको छ ।

अहिले भने कालिमाटी गाउँपालिका भएर बग्ने बबई नदिमाथि हात्तिदमार–दमदुवाली र हात्तिढुंगा–घुइयावारी सडकमा पुल निर्माण थालिएको छ । यी दुवै स्थानबाट निर्माण थालिएको पुलले सल्यानलाई बाँके जिल्लासँग जोड्ने छ । बर्षौदेखीको पहल र प्रयासबाट पुल निर्माण कार्यको थालनी भएको स्थानिय बताउँछन् ।

स्थानिय गिता बुढा मगरले बबई नदिमा मोटरेवल पुल निर्माण थालिएकोमा खुसी व्यक्त गर्दै अव यसको चाँडै निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । ‘पहिला त बबईमा पुल नै थिएन्, बर्खामा नदि वारपार गर्न सकिदैन्थ्यो, बिद्यार्थीहरु चिन्नाको सहयोगमा नदि तर्थे’ उहाँले भन्नुभयो ‘अहिले पुल निर्माण हुनथालेपछि विकास आएको महशुस भएको छ, तोकिएको समयमा नै पुल निर्माण होस्, पहिले जसरी उर्लदौँ बबई तर्नु नपरोस् ।’

अर्का स्थानिय नैनी महतराले पुल नहुदाँ आफुहरुले सास्ती पाउदैँ आएकोमा अव भने सहज हुने बताउनुभयो । ‘बिद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानियहरुले पनि घास दाउरा, मेलापात बबई नदि तरेर गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘पुल नहुदाँ नदि तर्नुको विकल्प छैन्, अहिले पुल निर्माण थालिएकाले केही आस पलाएको छ ।’ पुल नहुदाँ बर्षेनी बबई नदि तर्नेक्रममा केहीले ज्यान गुमाएको र केही बेपत्ता भएको उहाँको भनाइ छ ।

कालिमाटी गाउँपालिका–७ का वडाअध्यक्ष मित्रलाल रिजालले बबई नदिमा मोटरेवल पुल निर्माण हुनथालेपछि स्थानिय खुसी भएको बताउनुभएको छ । हात्तिढुंगा–घुइयावारी पुलको करिब ५ बर्ष पहिले शिलान्यास गरिएको भएपनि काम नहुदाँ निरास बनेका स्थानिय पुलको डिजाइन परिवर्तन गरेर अहिले कामले गति लिनथालेपछि खुसी भएको उहाँको भनाइ छ । ‘अब बाह्रै महिना गाडी गुड्ने छन्, स्थानियले सास्ती भोग्नु पर्दैन्’ उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष दान बहादुर केसीले खलंगा–कोहलपुर सडकको वैकल्पिक र महत्वपुर्ण सडकका रुपमा हेरिएको सल्यान–बाँके जोड्ने गरी हात्तिदमार–दमदुवाली र हात्तिढुंगा–घुइयावारी गरेर बबई नदिकै दुई स्थानमा पुल निर्माण थालिएको बताउनुभएको छ । यसले पालिकाकै ७ नम्बर वडालाई पालिकाको मुकामसँग जोड्ने उहाँको भनाइ छ ।

‘दुवै पुलले सल्यानलाई बाँकेसँग जोड्ने छन्, अव निकुञ्जसँग सडक निर्माणको लागि अनुमति मागको तयारी छ, यो पुलले पालिकालाई मात्रै नभएर सिंगो जिल्लालाई नै जोड्ने छ’ उहाँले भन्नुभयो ‘यो पुललाई पालिकावासीको विकास र समृद्धिसँग जोड्न आवश्यक छ ।’ अध्यक्ष केसीले दुवै मोटरेवल पुलको निर्माण कार्य धमाधम भैरहेको र तोकिएको समयमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

पुल निर्माणको जिम्मा लिएको रसुवा कन्ट्रक्सनका साईड इन्चार्ज महेशचन्द्र गौतमले अहिले पुल निर्माणको काम दु्रत गतिमा भैरहेको बताउनुभयो । ‘सव स्टक्चरको काम जेठसम्म सम्पन्न हुन्छ, बर्खामा काम हुदैँन्, बाँकी काम कार्तिक लागेपछि शुरु गर्छौ, आउदोँ चैतमा पुल निर्माण सम्पन्न हुन्छ’ उहाँले भन्नुभयो । करिब २० करोड लागतमा हात्तिढुंगा–घुइयावारी पुल निर्माण भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस