नेत्र भण्डारीको ‘पैचो तिरम्ला’ ट्रेन्डिङमा [ हेर्नुहोस् भिडियो ]

सल्यान, १० जेठ ।

लोक तथा दोहरी गायक नेत्र भण्डारीको लोक दोहोरी गीत पैचो तिरम्ला सार्वजनिक भएको केहि दिनमै ट्रेन्डिङमा प्रवेश गरेको छ ।

पछिल्लो समय लोक दोहरी क्षेत्रमा विभिन्न उत्कृष्ट गीत बजारमा आउने क्रममा निकै फरक सैलिको नेत्र भण्डारीको आवाजमा समय सान्दर्भिक लोक दोहोरी पैचो तिरम्ला सार्वजनिक भएको हो ।

सार्वजनिक भएको छोटो समयमा गीत अहिले युटुबको ट्रेन्डिङ नम्बर २६मा रहेको छ । माया प्रेमका कुरालाई समावेश गरेर गायक भण्डारीले गीत बजारमा ल्याएका छन गीतमा निकै उत्कृष्ट मौलिक शब्द भरिएका छन ।प्रेम जोडिले रुचाउने शब्दले भरिएको गीतमा प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द सिर्जना रहेको छ भने कमल सौरागले गीतको संगीत भर्नुभएको छ।

दुई दश देखि गीत संगीत क्षेत्रमा निरन्तर लागिरहनुभएका गाएक नेत्र भण्डारी सल्यानमा जन्मिनु भएको हो । भण्डारीका स्याउ ल्याईदिउकि केरा,नियति ,हार्दिक श्रद्धाञ्जली ,झुम्के फुलि ,बन पालेको लौरी ,जवानिको छल्का लगाएताका गीत निकै चर्चित गीत हुन ।

पछिल्लो गीत पैचो तिरम्ला गीतको अडियो जस्तै गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ । स्मृति तिमल्सिना ‘गुरु आमको’ उत्कृष्ट निर्देशनमा रहेको गीतमा विनोद श्रेष्ठ र पार्वती पुन मगरको अभियान रहेको छ । गीत स्मिता स्नेहा इन्टरटेन्मेन्ट युटुब च्यानल मार्फत बजारमा सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस