कपुरकोट गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगिता सुरु

सल्यान, १५ जेठ ।

सल्यानको कपुरकोट गाउँपालिकामा दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । खेलकुद मार्फत गाउँपालिकाको बिकासमा सहयोग पुय्राउने उदेश्यले गाउँपालिकाको आयोजना तथा खेलकुद बिकास समिति कपुरकोटको ब्यबस्थापनमा दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता सुरु गरिएको हो ।

दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगितालाई उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले खेलकुदको बिकासका लागि गाउँपालिका लागि परेको बताउनु भयो ।

‘गाउँपालिकाको तर्फबाट खेलकुदको बिकासका लागि बिभिन्न कारण चालु आर्थिक बर्षमा कार्यान्वयन हुने गरी पय्राप्त बजेट बिनियोजन गर्न सकिएन, तर पनि हामीले थोरै बजेटबाटै खेलकुदका गतिबिधि सञ्चालन गरेका छौं । आगामी गाउँसभाबाट पय्राप्त बजेट बिनियोन गरेर समग्र खेलकुदका गतिबिधि सञ्चालन गर्ने छौं ।’ उहाँले भन्नुभयो–‘यसपाली एक वटा बिधामा मात्र अध्यक्ष कप प्रतियोगिता भयो आउने बर्ष बिभिन्न बिधाका खेलमा महिला पुरुषलाई सहभागि गराउने गरी अध्यक्ष कप सञ्चालन गरिने छ ।’

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले कपुरकोटको एकताको शन्देस दिने गरी खेलमा सहभागि हुन खेलाडीहरुलाई आग्रह गर्नु भयो । अध्यक्ष कप हुंदै खेलाडीहरु राष्ट्रिय स्तर सम्म पुग्ने भएकाले खेलाडीले खेलमा अनुशासित रुपमा आफ्नो अदभुत क्षमता देखाउनु पर्ने बताउनु भयो ।

गाउँपालिकाको वडा नम्बर ४ घंगारीचौर खेल मैदानमा जनप्रतिनिधि र कर्मचारी बिचको मैत्रीपूर्ण भलिबल खेलबाट सुरु भएको दोस्रो अध्यक्ष कप वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता भोली सम्म सञ्चालन हुने छ । अध्यक्ष कप बिजेता वडाले नगद ३० हजार,उपबिजेताले २० हजार र तेस्रो हुनेले १० हजार सहित मेडल र प्रमाण पत्र पाउने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित